काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचार विभाग उपप्रमूख सूर्य थापाले प्राईम टाईम्स टेलिभिजनमा पत्रकार ॠषि धमलाले सोधेको एक प्रश्नको जवाफ दिँदै कुलमान घिसिङको समर्थनमा सडकमा उत्रिनेहरुलाई ‘पाखे’ शब्द प्रयोग गरी दिएको अभिव्यक्तिपछि चौतर्फि आलोचना खेपेसँगै स्पष्टिकरण दिएका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमा एक ट्वीट गर्दै उनले आफूले जनताले सोचेजस्तो हिसाबले किसीमको पाखे नभनेको भन्दै प्रष्टिकरण दिएका हुन् । उनले लेखेका छन्, ‘मैले “पाखे” भनेकाे भनेर एकथरी दुराशय बाेकेका व्यक्तिहरूले अति गरिरहेकाे पाएँ । एकपाखातिरकाे कुरा गरेर अर्काेपट्टि बेखबर नै हुने असन्तुलित कुरा गर्नेलाई मैले एकपाखे भएकाे स्पष्ट भनेकाे छु । त्यसलाई ताेडमराेड गरी दुष्प्रचार गर्ने परिचालित तत्वहरूकाे भ्रममा नपर्न आग्रह गर्दछु ।’
उनको सो अभिव्यक्ति सामाजिक सञ्जालहरु भाइरल भईरहेको छ भने जनताले भोट माग्ने बेलामा पाखेसँग नमाग्नू नि ! भन्दै कडा जवाफ फर्काएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया