चीन-भारत सीमा विवादका बीच भारतले लञ्च गर्यो ‘लेजर गाइडेड एन्टी ट्यांक’ मिसाइल !

काठमाडौं । लद्दाखमा चीनसँगको तनावका बीच रक्षा अनुसन्धा र विकास संगठन (डीआरडीओ) ले एक सफलता हात पारेको छ ।

भारतले एमबीटी अर्जुन ट्यांकबाट लेजर गाइडेड एन्टी ट्यांक गाइडेड मिसाइल (एटीजिएम) को सफल परीक्षण गरेको छ ।

यस सफलतामाथि भारतीय रक्षामन्त्री राजनाथ सिंहले बधाई दिएका छन् ।

अब भारतले निकट भविष्यमा आयात निर्भरतालाई कम गर्ने दिशामा काम गरिरहेको उनले बताएका छन् । भारतले बुधवार लेजर गाइडेड एन्टी ट्यांक मिसाइल सफल परीक्षण गरेको हो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?