ड्रग्स च्याटमा नयाँ खुलासा : अभिनेत्री श्रद्धालाई सकस !

काठमाडौं । पछिल्लो केहि दिनमा सुशान्त सिंह राजपूत केसमा मृत्युको मामिलासँग जोडिएको ड्रग्स केसको जाँचमा केहि ठूला कलाकारको नाम जोडिएको छ ।

यसैबीच नारकोटिक्स कन्ट्रोल ब्यूरोको दुई दिनसम्म चलेको सुशान्त सिंह राजपूत र रिया चक्रवर्तीकी ट्यालेन्ट म्यानेजर जया साहाले केहि अहम खुलासा गरेकी छन् ।

साहाले जाँचमा श्रद्धा कपूरका लागि अनलाइन अर्डर गरेर सीबीडी आईडलको बन्दोबस्त गरेको बताएकी छन् । उनले ?द्धासँग भएको च्याटमा श्रद्धाले ड्रग्स मागेको कुरा स्विकारेकी हुन् ।

साहाले श्रद्धा बाहेर सुशान्त, रिया चक्रवर्ती, फिल्ममेकर मधु मेन्टना वर्मा र आफ्नो लागि ड्रग्स मगाउने गरेको बताएकी हुन् ।

अभिनेता सुशान्त सिंह राजपूतले गत १४ जूनमा बान्द्रास्थित आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका थिए ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?