सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु

काठमाडौं । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ ।

काठमाडौं महानगरपालिका-२६ गोंगबुमा बा ४ ख ३८५० नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही महानगरपालिका कपन बस्ने ४५ वर्षीय शंकर पंन्तको मंगलबार राति मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका टोखा बस्ने १४ वर्षीय शंकर श्रेष्ठको सोही अस्पतालमा उपचार भइरहेको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी सुनसरीको ईनरुवा नगरपालिका-३ स्थित सडकमा को ४ प २६९४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका-८ बस्ने ४० वर्षीय सम्पतलाल उरावको मृत्यु भएको छ । दुर्घटना गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल ईनरुवामा उपचारको क्रममा मृत्यु भएको हो ।

त्यस्तै, बाराको कलैया उपमहानगरपालिका-९ रामपुरस्थित सडकमा बा २० च ४९९३ नम्बरको पिकअप गाडीमा भे६ प ४३५७ नम्बरको मोटरसाइकल ठोकिएर मंगलबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सिम्रनगढ नगरपालिका-६ बस्ने २३ वर्षीय अभिषेक महतोको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि कलैया अस्पतालमातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?