काठमाडौं । कोरोना भाइरसको महामारीसँग लडिरहेको सारा विश्व अब भने यो महामारीबाट क्लान्त बनिसकेको छ । कोरोना भाइरसले भने अझै रोकिने छाँटकाँट समेत देखाएको छैन ।
गत वर्षको डिसेम्बर अन्तिम साता चीनको वुहान शहरमा पहिलोपटक देखिएको कोरोना भाइरसको संक्रमण अहिलेसम्म विश्वका २१५ वटा देशहरुमा पुगिसकेको छ ।
कोरोना भाइरसका कारण हरेक दिन जसो हजारौँ मानिसहरुको मृत्यु भईरहेको छ भने लाखौँ मानिसहरु संक्रमित बनिरहेका छन् ।
वैज्ञानिकहरु कोरोनाविरुद्धको भ्याक्सीन बनाउन अहोरात्र खटिएका छन् तर पूर्ण रुपमा सफलता भने हात लाग्न सकेको छैन ।
यसैबीच कोरोना भाइरसमाथि भएको नयाँ रिसर्चमा कोरोना भाइरस आँखाबाट पनि फैलिने गरेको पत्ता लागेको छ ।
आँखाको माध्यमबाट पनि कोरोना भाइरसको संक्रमण मानिसको शरीरमा पुग्ने गरेको नयाँ रिसर्चबाट पत्ता लागेको हो ।
मेडिकल जर्नल अफ भायरोलोजीमा प्रकाशित रिसर्चमा कोरोना शरीरमा पुर्याउनको लागि आँखा पनि एक माध्यम भएको बताइएको छ ।
रिसर्च चीनको शुझाउ झेंगडू हस्पिटलका शोधकर्ताहरुले गरेका हुन् । उनीहरुले जसले दिनमा ८ घण्टा भन्दा धेरै चश्मा लगाउँछ उनीहरुमा कोरोना संक्रमण हुने खतरा कम रहेको बताएका छन् ।
उनीहरुका अनुसार कोरोना हावाको माध्यमबाट सबैभन्दा धेरै नाकको माध्यमले शरीरमा पुग्छ । नाक र आँखामा एक किसिमको मेम्ब्रेन लाइनिंग हुन्छ ।
यो रिसर्च २७६जनामा गरिएको थियो । जसले चश्मा लगाएनन् उनीहरुमा कोरोनाको खतरा धेरै थिया ेभने चश्मा लगाउनेमा कम पाइएको रिसर्चर्सले बताएका छन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया