आज ‘यामाहा रे जेडआर १२५ एफआई’ नेपालमा सार्वजनिक गरिँदै

काठमाडौं । ‘यामाहा रे जेडआर १२५ एफआई’ आज नेपालमा भर्चुअल बिक्रीको लागि शुभारम्भ समारोह हुने भएको छ । यामाहा रे जेडआर १२५ एफआईलाई आज राति नेपालकै पहिलो भर्चुअल बिक्रीको लागि शुभारम्भ गर्न लागिएको हो ।

कम्पनीका अनुसार उक्त समारोह यामाहा नेपालको युट्युब च्यानलमार्फत बुधवार (आज) साँझ ७ बजे प्रिमियर गर्न लागिएको हो ।

२०२० को लागि यामाहा रेजेडआर १२५ एफआई बीएस ६ बाहिर जाने मोडेलको तुलनामा कस्मेटिक अपग्रेडहरू छन् ।

साथै उक्त वाई आकारको लेड पोजिस्निगं लाईट, नयाँ डिजिटल इन्सट्रुमेन्ट क्लस्र्ट स्टप र स्टर्ट सिस्टम, स्मार्ट मोटर जेनेरेटर आवाज रहित सुरुवातको लागि, साईड स्टान्ड कटअफ स्विच र युनिफाइड ब्रेकिङ्ग सिस्टम रहेका छन् । साथै,यो स्कूटर फसिनो १२५ एफआई बीएस ६ जस्तै हलुका रहेको कम्पनीले जनाएको छ ।

त्यस्तै आज हुने समारोहमा सम्पूर्ण नयाँ यामाहा रे जेडआर १२५ एफआईको अनावरण गरिनेछ । भने जहाँ दर्शकहरुले यो नयाँ उत्पादनको बनावट र विशेषताहरुको अनुभव गर्न पाउनुका साथसाथै बिक्रीशुभारम्भ समारोहको थ्री डि अनुभवको माध्यमबाट नयाँ यामाहाको मुख्य मुख्य भागहरुमा नियाल्न सक्ने कम्पनीले विश्वास दिलाएको छ ।

यति मात्र नभएर उक्त समारोह मार्फत यामाहाले सोही दौरानमा सम्पूर्ण नयाँ रे जेडआर १२५ एफआइका भाग्यशाली विजेताको नामपनि घोषणा गर्ने जनाइएको छ । जस अनुसार यहीविशेष थ्री डि बिक्री शुभारम्भ समारोहको लागि यामाहा नेपालको वेबसाइटमार्फत् आफ्नो नामदर्ता गराउनेहरु मध्येबाट एकजनालाई भाग्यशाली विजेता चयन हुनेछन् ।

साथै सम्पूर्ण नयाँ यामाहा रे जेडआर १२५ को यो खास बिक्री शुभारम्भ समारोहलाई यामाहा नेपालको औपचारिक युट्युब च्यानलँयामाहा नेपालमा बुधवार साँझ७ बजे प्रत्यक्ष प्रसारण गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?