कोरोनाको भ्याक्सीनबारे बोले डब्ल्यूएचओका प्रमुख, के भने ?

काठमाडौं कोरोना भाइरसको महामारीसँग लडिरहेको सारा विश्व अब भने यो महामारीबाट क्लान्त बनिसकेको छ । कोरोना भाइरसले भने अझै रोकिने छाँटकाँट समेत देखाएको छैन ।

गत वर्षको डिसेम्बर अन्तिम साता चीनको वुहान शहरमा पहिलोपटक देखिएको कोरोना भाइरसको संक्रमण अहिलेसम्म विश्वका २१५ वटा देशहरुमा पुगिसकेको छ ।

कोरोना भाइरसका कारण हरेक दिन जसो हजारौँ मानिसहरुको मृत्यु भईरहेको छ भने लाखौँ मानिसहरु संक्रमित बनिरहेका छन् ।

कोरोना वायरस वैक्सीन

वैज्ञानिकहरु कोरोनाविरुद्धको भ्याक्सीन बनाउन अहोरात्र खटिएका छन् तर पूर्ण रुपमा सफलता भने हात लाग्न सकेको छैन ।

यसैबीच विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का प्रमुख टेड्रोस अधोनम घेब्रेयेससले कोरोना भाइरसको टीका बनेपनि त्यसको केहि ग्यारेन्टी नरहको बताएका छन् ।

उनले मंगलवार यो जानकारी दिएका हुन् । विश्व् स्वास्थ्य संगठनसँग यस कुराको कुनै ग्यारेन्टी नरहेको उनले बताए । उनले भने, अहिले विकसित भईरहेका टिका कति काम गर्छन् भन्ने कुरामा कुनै ग्यारेन्टी छैन ।

उनले २०० भ्याक्सीनमा काम भईरहेको जानकारी दिएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?