काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।
कोरोना भाइरसका कारण अहिले हरेक दिन जसो हजारौँ मानिसहरुको मृत्यु भईरहेको छ भने लाखौँ मानिसहरु संक्रमित बनिरहेका छन् ।
यसैबीच भारतको तेलंगनास्थित निजामाबादमा एक कोरोना संक्रमित ६५ वर्षीया वृद्धालाई उनकै छोरा र बुहारीले घरबाट निकालेका छन् ।
कोरोना संक्रमण मुक्त भएर घर फर्किएकी वृद्धालाई उनीहरुले आफूसँग बस्न इन्कार गरेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।
उनीहरुले आफ्नी आमालाई बाहिर लगेर छोडेर घरमा ताल्चा लगाउँदै आफू घुम्न गएको बताइएको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया