काठमाडौं – ‘हिम चितुवा’ उपनामले परिचित पर्वतारोही आङरिता शेर्पाको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिएको छ ।
(मंगलबार) प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअनुसार उनको राष्ट्रिय सम्मानसहित धार्मिक परम्पराअनुसार अन्त्येष्टि गरिएको हो ।
उनको पार्थिव शरीरमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले राष्ट्रिय झण्डा ओढाएर सम्मान व्यक्त गरे ।
सुरक्षाकर्मीले शेर्पाप्रति सलामी अर्पण गरे ।
७२ वर्षीय शेर्पाको सोमबार विहान १० बजे जोरपाटीस्थित आफ्नो छोरीको घरमा पर्वतारोही शेर्पाको निधन भएको थियो ।
सोलुखुम्बुको थामेमा जन्मेका ‘हिमचितुवा’ उपनामले परिचित उनले १० पटक बिना अक्सिजन सगरमाथा आरोहण गरेका थिए । १० पटक बोतलको अक्सिजनबिना नै सगरमाथा आरोहण गरेको वल्र्ड रेकर्ड शेर्पाको नाममा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया