काठमाडौं । चीन-भारत सीमावर्ती क्षेत्र लद्दाखमा बितेका पाँच महिना सीमा विवादका कारण दुबै देशको सम्बन्धमा दरार पैदा भईरहेको छ ।

यसैबीच भारतीय रषा मन्त्रालयले अमेरिकासँग ३० जनरल एटोमिक्स एम क्यू ९ए रीपर ड्रोन किन्ने तयारी थालेको छ । यो सम्झौता लगभग ३ बिलियन डलरको रहेको छ ।

सेना, नौसेना र वायुसेनाका लागि ६ वटा ड्रोन अमेरिकासँग तत्काल किन्न खोजेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।


गत १५ जूनमा पूर्वी लद्दाखको गलवान घाटीमा भएको हिंसात्मक झडपमा २० जना भारतीय सेनाको मृत्यु भएको थियो भने २९ अगस्टमा भएको हिंसात्मक झडपमा एक भारतीय सैनिकको ज्यान गएको थियो ।

एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया