आज पनि घट्यो सुनको भाउ, कति पुग्यो ?

काठमाडौं – आज (बुधबार) नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

मंगलबार तोलामा ९५ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार तोलामा ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन तोलामा ९३ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै बुधबार चाँदीको मूल्य पनि घटेर तोलामा ११९० मा कारोबार भएको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?