काठमाडौं । चीन भारत सीमावर्ती क्षेत्र पूर्वी लद्दाखमा बितेको ५ महिना यता सीमा विवादका कारण अवस्था तनावपूर्ण छ ।
लामो समयको कुराकानी पछि मंगलवार एक निस्कर्ष निकालिएको छ ।
अब दुबै देशले सीमामा सैन्य शक्ति नबढाउने भएका छन् ।
गत जून १५ मा सीमामा भएको हिंसात्मक झडपमा २० भारतीय सैनिकले ज्यान गुमाएका थिए भने पछिल्लो झडप २९ अगस्टमा एक भारतीय सैनिकको ज्यान गएको थियो ।
त्यसयता दुबै देशबीच सम्बन्ध बिग्रिँदै आईरहेको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया