काठमाडौं । न्यूयोर्कमा कार्यरत एक अमेरिकी प्रहरी अधिकारीलाई चीनको सुराकी बनेको अभियोग लागेको छ।
तिब्बतमा जन्मिएका बाइम्दाजी आन्वाङले न्यूयोर्क क्षेत्रमा बसोबास गर्ने चिनियाँ नागरिकहरूको गतिविधिबारे चिनियाँ पक्षलाई जानकारी उपलब्ध गराएको आरोप लगाइएको छ।
उनले तिब्बती समुदायभित्र पनि गुप्त सूचनाको सम्भावित स्रोतको मूल्याङ्कन गर्न सघाएको बताइएको छ।
को हुन् उनी ?
यी अङ्गीकृत अमेरिकी नागरिक सोमवार पक्राउ पर्नुअघि न्यूयोर्क प्रहरीको सामुदायिक मामिला एकाइमा कार्यरत थिए।
दोषी ठहरिएमा उनलाई ५५ वर्षसम्मको जेल सजाय हुनसक्छ।
अभियोजनकर्ताहरूका अनुसार आङ्वाङ अमेरिकन आर्मी रिजर्भमा पनि नागरिक मामिला विज्ञको रूपमा कार्यरत छन्।
दस्तावेजहरूका अनुसार उनका बुवा सेवानिवृत्त चिनियाँ सैनिक र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का सदस्य थिए।
उनकी आमा पनि सीपीसीको सदस्य र चिनियाँ सरकारी कर्मचारी थिइन्।
के छ आरोप ?
उनलाई चिनियाँ वाणिज्य दूतावासका दुई अधिकारीहरूसँग सम्पर्कमा रहेको आरोप लागेको छ।
उनले न्यूयोर्क प्रहरीका वरिष्ठ अधिकारीहरूलाई औपचारिक कार्यक्रमहरूमा निम्त्याउनेगरी पहुँच बनाएको बताइएको छ।
श्रोत बीबीसी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया