काठमाडौं । सञ्जू स्यामसनको उत्कृष्ट पारी र शानदार विकेटकिपिङमा स्टिभ स्मिथको राजस्थान रोयल्सले शुरुवाती खेलमै आफ्नो जित निकालेको छ ।
महेन्द्र सिंह धोनीको चेन्नई सुपकिंग्सलाई १६ रनले पराजित गर्दै राजस्थानले जित निकालेको हो ।
निर्धारित २० ओभरमा २१६ रनको विशाल लक्ष्य प्रश्तुत गरेको राजस्थानलाई चेन्नईले टस जितेर ब्याटिङको निम्तो दिएको थियो ।
जवाफी ब्याटिङमा उत्रिएको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २०० रन जोडेको थियो । चेन्नईको यो सीजनमा पलिो हार हो ।
१९ सेप्टेम्बरको उद्घाटन खेलमा चेन्नईले मुम्बई इण्डियन्सलाई ५ विकेटले पराजित गरेको थियो । अन्तिम ओभरमा धोनीले लगातार तीन छक्का प्रहार गरे पनि त्यो जितका लागि पर्याप्त बन्न सकेन ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया