काठमाडौं । कोरोना भाइसको महामारी अहिले सारा विश्व्मा नै व्याप्त छ ।
कोरोना भाइरसका कारण अहिलेसम्म विश्वमा ९ लाख ७५ हजार ३१० जनाको मृत्यु भएको छ भने ३ करोड १७ लाख ७१ हजार ४११ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै २ करोड ३३ लाख ८६ हजार ७१४ जना कोरोना संक्रमण मुक्त भएका छन् भने विश्वमा ६२ हजार ९९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच भारतमा कोरोना भाइरसका कारण ९० हजार २१ जनाको मृत्यु भएको छ भने ५६ लाख ४० हजार ४९६ जनालाई कोरोना संक्रमण भएको छ ।
त्यस्तै ४५ लाख ८१ हजार ८२० जना कोरोना संक्रमण मुक्त भएका छन् भने ९ लाख ६८ हजार ६५५ जना उपचाररत छन् । त्यस्तै ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
भारतमा मंगलवार मात्रै ८० हजार ३९१ जना संक्रमित थपिएका छन् भने १ हजार ५६ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया