भारतमा कोरोना भयावह : बितेको २४ घण्टामै थपिए ७९ हजार बढी कोरोना संक्रमित

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण यो समाचार तयार पार्दासम्म ९ लाख ७१ हजार ९ सय ७९ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका ३ करोड १६ लाख ३३ हजार ६ सय ५२ जनामा कोरोना संक्रमण फैलिएको छ ।

हालसम्म विश्वभरबाट २ करोड ३२ लाख २७ हजार ४ सय ३९ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६२ हजार ३३ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

छिमेकी देश भारतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ८९ हजार ५ सय ७९ पुगेको छ । बितेको २४ घण्टामा ७९ हजार ५ सय ९४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ५६ लाख १७ हजार ६ सय ९९ पुगेको छ ।

हालसम्म ४५ लाख ५१ हजार ८६ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण ६ सय १४ जनाको ज्यान गएको र संक्रमित मध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?