बर्दियामा थप एक कोरोना संक्रमितको मृत्यु

काठमाडौं । कोहलपुरमा उपचारका क्रममा आज एक कोरोना सङ्क्रमितको निधन भएको छ । बर्दिया ठाकुरबाबा नगरपालिकाका ६४ वर्षीय पुरुषको मृत्यु भएको हो ।

जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले उनको कोहल मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको बताए । यससँगै बाँकेमा उपचारका क्रममा मृत्यु हुने पाँच जना पुगेका छन् ।

यसअघि कैलाली, अछाम, अर्घाखाँची र सुर्खेतका कोरोना सङ्क्रमितको बाँकेमा मृत्यु भएको थियो ।

  • रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?