मृत्यु भएका कैदीबन्दीबारे बोल्यो वीर अस्पताल (विज्ञप्तिसहित)

काठमाडौं । वीर अस्पालमा कैदीबन्दीको मृत्यु भएपछि आएका समाचारहरुलाई लिएर अस्पतालले थप प्रष्ट पारेको छ ।

अस्पतालले मंगलवार एक विज्ञप्ति जारी गर्दै घटनाबारे थप प्रष्ट पारेको हो ।

शवलाई उपयुक्त रेफ्रिजेरेटरमा नराख्दा सड्न गल्न सक्ने भन्दै गलत प्रचारबाजी नगर्न अस्पतालका निर्देशक डा केदार सेन्चुरीले विज्ञप्ति जारी गर्दै आग्रह गरेका छन् ।

रुपन्देही घर भएका ६३ वर्षीय रामलखन जैसवालको उपचारको क्रममा मृत्यु भएको थियो । उनको परिवारले ती पुरुषको मृत्यु नभइ हत्या गरिएको भन्दै अस्पताल पुगेर नाराबाजी गरेका थिए । अस्पतालका अनुसार असोज ३ गते राति १०: ५५ बजे उपचारको लागि अस्पताल ल्याइएको थियो । भने ड्यूटीमा रहेका चिकित्सकहरुबाट परीक्षण गर्दा जिवीत रहेको कुनैपनि चिन्ह नदेखिएका कारण मृत घोषणा गरिएको अस्पतालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । अस्पतालका अनुसार उनको स्बाव संकलन गरी असोज ५ गते (हिजो) परीक्षण गरिएकोमा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनको परिवारले ती व्यक्तिको हत्या गरि आँखा झिकेको, घाँटी काटिएको जस्ता कुरालाई अफवाह भन्दै त्यस्तो केही नभएको अस्पतालले जनाएको छ ।

साथै चिकित्सकहरुले भने ती कैदीबन्दीमा केही दिर्घरोग उपचारको क्रममा मृत्यु भएको रहेको बताएका छन् ।

अस्पतालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘शवलाई उपयुक्त रेफ्रिजेरेटरमा नराख्दा हुने यो सामान्य प्रक्रिया हो। यो मेडिकल अवस्थालाई नबुझी केही सञ्चारमाध्यमहरुमा आँखा निकालिएको, चोटपटक लागेको र घाँटी काटिएको जस्ता भ्रामक समाचार सम्प्रेषण भएकोमा ती समाचारमा कुनै सत्यता र यथार्थ छैन’ ।

उनको मृत्यु भएको खबर प्राप्त भएपछि उनका परिवार अस्पताल पुगेका थिए । अस्पताल प्रशासनका अनुसार मृतकका आफन्तले सहमति नदिँदा शवको अन्त्यष्टि हुन सकेको छैन् ।

केन्द्रीय कारागार सुन्धारामा रहेका ती व्यक्तिलाई केही दिन अघिदेखि नै श्वासप्रश्वासमा समस्या भएपछि यही असोज ३ गते वीर अस्पतालमा भर्ना गरिएको थियो । भने उनको हिजो (सोमवार) उपचारको क्रममा मृत्यु भएको हो ।

यस्तो छ विज्ञप्ति

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?