चेन्नईले जित्यो टस : राजस्थानलाई ब्याटिङको निम्तो

काठमाडौं । आईपीएलको १३ औँ सीजनको चौथो म्याचमा महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नई सुपरकिंग्सले स्टिभ स्मिथको कप्तानीमा रहेको राजस्थान रोयल्सलाई ब्याटिङको निम्तो दिएको छ ।

टस जितेको चेन्नईले फिल्डिङ रोजेसँगै राजस्थानले ब्याटिङको निम्तो पाएको हो ।

मुम्बई इण्डियनलाई ५ विकेटले हराएको चेन्नई उच्च मनोबलका साथ मैदान उत्रिँदै छ भने राजस्थान रोयल्स पहिलो खेलमै पहिलो जितको लागि मैदान उत्रिँदै छ । अबको केहि समय पछि खेल शुरु हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?