सत्याग्रहीमाथीको दुर्व्यवहार क्रुरताको पराकाष्टा : गगन थापा

काठमाडौं । पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका सांसद गगन थापाले सत्याग्रही डा गोविन्द केसीमाथि भएको व्यवहार क्रुरताको पराकाष्टा भएको बताएका छन् ।

चिकित्सा शिक्षा सुधारको माग राख्दै निरन्तर अनसन बसिरहेका डा केसी गत भदौ २९ गतेबाट जुम्लाबाट अनसन शुरु गरेका थिए । उनको स्वास्थ्यमा समस्या आएसँगै उनलाई मंगलवार काठमाडौं ल्याइएको थियो ।

डा केसीले आफू काठमाडौं आएपनि माग पुरा नभएसम्म सत्याग्रह नतोड्ने घोषणा गरेका छन् । काठमाडौं ल्याइएसँगै उनले आफू त्रिवि शिक्षण अस्पतालमा नै बस्ने भनेपनि प्रहरीहरुले उनलाई राष्ट्रिय ट्रमा सेन्टरमा जबरजस्ती एम्बुलेन्सबाट उठाएर लगेका छन्।

सांसद थापाले उक्त कुराको विरोध जनाउँदै अनसनकारीलाई इच्छा विपरित छुन समेत नपाइने भन्दै डा केसीमाथि गरिएको व्यवहार
लोकतन्त्रमा अकल्पनीय र अक्षम्य रहेको बताएका छन् । “सत्याग्रहीलाई इच्छा विपरित छुन पनि पाईदैन।तर अनशनरत डा।गोविन्द केसीमाथी सरकारले गरेको अपमानजनक व्यवहार लोकतन्त्रमा अकल्पनीय र अक्षम्य छ।क्रुर तानशाहले मात्र यस्तो निन्दनीय कृत्य गर्नसक्छ।” उनले भनेका छन् ।

साथै सांसद थापाले सरकारले आफ्नो पतनको बाटो आफैँ खनेको समेत बताएका छन् । उनले भनेका छन्, “सरकारले आफ्नो पतनको बाटो आफै खनेको छ।”

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?