१४ जेष्ठ २०८०, आईतवार

NULL

२०७४,आश्विन,१०,मंगलवार ०१:१२

0
Shares

काठमाडौं, १० असोज- माओवादी केन्द्रले आसन्न संघीय संसद् र प्रदेशसभा निर्वाचनका लागि तत्कालै चुनावी तालमेलको बहसमा नअल्झिने रणनीति बनाएको छ । कांग्रेस-एमाले दुवैबाट चुनाव तालमेलका लागि आउने प्रस्ताव आफ्नो पार्टीलाई अल्झाउने र कोही-कसैसँग पनि तालमेल गर्न नदिई आफैं पहिलो दल बन्ने रणनीतिअनुसार आएको बुझाइ माओवादीको छ ।‘हामी जता मिल्छौं, उत्तै बहुमत पुग्ने देखिएपछि हामीसँग तालमेल गर्न सकिने प्रस्ताव आएका हुन्’, माओवादी केन्द्रका सचिवालय सदस्य चक्रपाणि खनाल (बलदेव) ले भने, ‘तर यस्तो प्रस्ताव माओवादीलाई अलमल्याउने र कसैसँग पनि तालमेल हुन नदिई आफैं पहिलो दल बन्ने रणनीतिसाथ आएको हुन सक्छ । हामी अहिल्यै तालमेलका रणनीतिमा नफसी आफ्नै तयारीमा लाग्दै छौं ।’माओवादीभित्र चुनावी तालमेलदेखि गठबन्धन निर्माणसम्म दुई थरी धारणा छन् । एकथरी नेता अहिलेकै गठबन्धनअनुसार कांग्रेससँगै तालमेलको योजना बनाउनुपर्नेमा छन् । अर्काथरी वामगठबन्धन बनाएर जानुपर्नेमा देखिएका छन् ।एमालेको पछिल्लो केन्द्रीय समितिमा कांग्रेस-माओवादी गठबन्धन तोडेर वामगठबन्धनको प्रयास एमालेले गर्नुपर्ने मत बलियो रूपमा उठेपछि त्यस्तो गठबन्धन प्रयासका विषयमा एमाले-माओवादी दुवै पार्टीभित्र बहस सुरु भएको छ ।तर, माओवादीका केही नेता एमाले अध्यक्ष ओलीको माओवादीलाई गर्ने व्यवहार र कार्यशैलीका कारण एमालेसँग भन्दा कांग्रेससँगकै गठबन्धन निरन्तरताको पक्षमा देखिएका छन् ।‘एमालेसँग गठबन्धन हुँदै नभएको होइन, हामीले गरेकै हौं तर गठबन्धन तोड्ने काम माओवादीले गरेको होइन, एमालेले भएका सहमति कार्यान्वयन नगरी माओवादीलाई प्रयोग मात्र गर्न खोज्दा भत्किएको हो’, खनालले भने ।आसन्न संघीय संसद् र प्रदेशसभा निर्वाचनमा पनि के कांग्रेससँगकै गठबन्धनमा माओवादी टिकिरहन्छ त ? खनाल त्यस्तो सम्भावना पनि लामो समय नरहने बताउँछन् ।‘कांग्रेसमा केन्द्रबाट भएको निर्णय तल्ला कमिटीमा लागू नै नहुने समस्या छ, कांग्रेसका तल्ला तहका कार्यकर्ता अलि बढी स्वच्छन्दजस्तो र क्याडर बेस भन्दा पनि मास बेसमा रहेका कारण गठबन्धन टिकाउन समस्या देखिन्छ’, खनालले चुनावी गठबन्धनमा कांग्रेस-एमालेसँगको माओवादी सम्बन्ध विश्लेषण गर्दै भने, ‘कांग्रेससँगको गठबन्धनभन्दा एमालेसँगको गठबन्धन कार्यान्वयनमा लैजान सजिलो देखिन्छ ।एमालेसँगको गठबन्धन सापेक्षित रूपमा कांग्रेससँग भन्दा सजिलो, कार्यकर्तालाई भोट हाल्न पनि खुसीसाथ जान सक्ने वातावरण निर्माण गर्न सक्छ । तर, अहिले माओवादी तालमेलका विषयमा खुलिसकेको छैन ।’ अन्नपूर्ण पोस्टमा खबर छ |

प्रकाशित मिति: २०७४,आश्विन,१०,मंगलवार ०१:१२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

राँझा । नेपालगञ्ज उपमहानगरपालिकाले यहाँ सञ्चालनमा रहेका सहकारीको अवस्था बुझ्न अनुगमन शुरु गरेको छ । नगरमा सञ्चालनमा रहेका सहकारीको अवस्था

काठमाडौं । बागमती प्रदेश सभा सांसद कृष्णकुमार तामाङ ‘समीर’ले आगलागी पीडितलाई राहत सामग्री प्रदान गरेका छन् । गत वैशाख २७

कैलाली । पूर्वाधार विकास निर्माणमा कैलालीको बर्दगोरिया अब्बल गाउँपालिकाको रुपमा परिचित हुन थालेको छ । सामाजिक, आर्थिक रुपान्तरणसँगै पूर्वाधार निर्माण

कैलाली । न्यू लालीगुँरास ग्रामीण विद्युत सहकारी संस्थाको १७ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । कैलालीको बर्दगोरिया गाउँपालिका

ताजा समाचार

गणतन्त्र दिवसमा ४८२ कैदीले पाए आममाफी
 २०८०,जेष्ठ,१४,आईतवार १८:१९