महालक्ष्मी विकास बैंकद्वारा ऋणीहरुलाई व्याज रकममा १० प्रतिशत छुट

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले कोरोनाबाट प्रभावित आफ्ना ग्राहकहरुलाई व्याजमा छुट दिने भएको छ ।

कोरोनाको कारण उत्पन्न असहज परिस्थितिमा बैंकबाट कर्जा सुविधा लिएका ग्राहकहरुलाई राहत पु¥याउने उद्देश्यले ऋणीहरुले असोज मसान्त भित्र तिर्नुपर्ने व्याज भुक्तानी गरेमा भुक्तानी भएको व्याज रकममा १० प्रतिशत छुट प्रदान गर्ने निर्णय गरेको हो ।

ग्राहकहरुले यस विषम परिस्थितिमा पनि कर्जाको किस्ता/ब्याज भुक्तानी गरेर देखाएको इमान्दारीताको कदर गर्दै बैंकले केही कर्जाहरुमा व्याजदर समेत घटाएको बैंकले जनाएको छ ।

देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०२ वटा शाखा तथा ३४ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मीको ग्राहक संख्या करिब ५ लाख भन्दा बढी रहेको बैंकको बैंकले जनाएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?