त्रिविमा बेथिती बढेको भन्दै नेविसंघले बुझायो ज्ञापनपत्र, के के छन् माग (विज्ञप्तिसहित)

काठमाडौं । नेपाली कांग्रेस निकट संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले त्रिभुवन विश्वविद्यायलमा बेथिती बढेको भन्दै सुधारको लागि मागसहित ज्ञापन पत्र बुझाएको छ ।

कोरोना महामारीका कारण शैक्षिक क्षेत्रमा परेको असर र वैकल्पिक माध्यमको लागि त्रिवि गम्भीर नभएकाले शैक्षिक सत्र खल्बलिएको र विद्यार्थीहरुको मानसिकता कमजोर भएको नेविसंघले जनाएको छ ।

नेविसंघ त्रिभुवन विश्वविद्यालयका अध्यक्ष जगदिश भट्टको टोलीले आज त्रिविका पदाधिकारीलाई १५ बुँदे ज्ञापनपत्र बुझाँउदै रोकिएका सम्पूर्ण परीक्षाको स्वरुप र कार्यतालिका सार्वजनिक गर्न समेत आग्रह गरेका हुन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?