कुन देशले कति र कहिले पाउँछ कोरोना विरुद्धको भ्याक्सीन ? यसो भन्छ डब्ल्यूएचओ

काठमाडौं । विश्व स्वास्थ्य संगठनले कोरोना भ्याक्सीन वितरणको योजना घोषणा गरेको छ । विभिन्न देशहरुलाई समयमा भ्याक्सीन दिनको लागि डब्ल्यूएचओले कोभ्याक्स लञ्च गरेको छ ।

Coronavirus

कोभ्याक्सको माध्यमबाटै कोरोना भ्याक्सीन वितरण हुनेछ । अहिलेसम्म विश्वका १५० देश कोभ्याक्स गठबन्धनसँग जोडिएका छन् । तर डब्ल्यूएचओले भने धनी देशहरुलाई पनि यो गठबन्धनमा जोडिन आग्रह गरेको छ ।

भ्याक्सीनको खोज, उत्पादन र वितरणको उद्देश्यले गठबन्धन बनाइएको हो । अहिलेसम्म ६४ वटा धनी देश कोभ्याक्समा सहभागी बनेका छन् ।

Coronavirus vaccine

अमेरिकाले जोडिन इन्कार गरेको छ भने रुस र चीन अहिलेसम्म जोडिउका छैनन् । डब्ल्यूएचओले अन्य २४ धनी देश यो गठबन्धनमा जोडिने आश गरेको छ ।

Coronavirus

जब एक सुरक्षित कोरोना भ्याक्सीन मिल्नेछ तबकोभ्याक्सको माध्इमबाट सबै देशालाई बाँडिनेछ । डब्ल्यूएचओले यसका लागि दुई फेज प्लान तयार पारेको छ ।

Coronavirus vaccine

पहिलो फेजमा हरेक सदस्य देशलाई त्यसको आबादीको ३ प्रतिशतको डोज दिइनेछ । त्यसपछि २० प्रतिशत पुर्याइनेछ ।

Coronavirus

२० प्रतिशतमा भ्याक्सीन सप्लाईसीमित रहेपनि फेज २ प्रोग्राम शुरु गरिनेछ । यसमा जुन देशमा धेरै कोरोनाको खतरा हुनेछ, त्यहि देशलाई कोरोनाको डोज दिइनेछ ।

Coronavirus vaccine

हरेक देशले आफूलाई कति चाहिन्छ त्यो भन्न पाउनेछन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?