काठमाडौं । नेपालमा बितेको २४ घण्टामा थप ८ सय २३ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ४८ हजार ६१ रहेको छ ।
कुल संक्रमित मध्ये ७२ प्रतिशत संक्रमित कोरोना संक्रमण मुक्त भएका स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।
कुन प्रदेशमा कति जना संक्रमण मुक्त ?
प्रदेश १ मा ४३५७ जना
प्रदेश २ मा १२४७६ जना
वाग्मती प्रदेश ११८५४ जना
गण्डकी प्रदेशमा २८१९ जना
प्रदेश ५ मा ७४६६ जना
कर्णाली प्रदेशमा २७४९ जना
सुदूरपश्चिम प्रदेशमा ६२४० जना
बितेको २४ घण्टामा नेपालमा थप १ हजार ३५६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका ११ हजार १५४ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप १ हजार ३५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६६ हजार ६३२ पुगेको छ ।
डाक्टर गौतमका अनुसार सोलुखुम्बु, म्याग्दी, मुस्ताङ, डोल्पा, रसुवा, हुम्ला, मुगु र ताप्लेजुङ जिल्लामा हालको अवस्थामा संक्रमित छैनन् ।
कोरोना भाईरस संक्रमणका कारण नेपालमा हालसम्म ४२९ जनाको मृत्यु भएको छ । हिजो (सोमवार) नेपालमा १ हजार १५४ जनामा संक्रमण पुष्टि भएको थियो । १ हजार ५ जना संक्रमणमुक्त भएका थिए भने १६ जनाको मृत्यु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया