कोरोना संक्रमितको संख्या शुन्य रहेका यी ८ जिल्ला

काठमाडौं । नेपालमा कोरोना संक्रमित शुन्य रहेका ८ वटा जिल्लाहरु रहेका छन् । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालका ८ जिल्लामा कोरोना संक्रमित शुन्य रहेको बताएका छन् ।

कोरोना संक्रमण मुक्त ८ जिल्लाहरु

  • सोलुखुम्बु
  • मुस्ताङ
  • म्याग्दी
  • ताप्लेजुङ
  • डोल्पा
  • हुम्ला
  • मुगु
  • रसुवा

बितेको २४ घण्टामा नेपालमा थप १ हजार ३५६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका ११ हजार १५४ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप १ हजार ३५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

काठमाडौंमा ५११, ललितपुरमा ७३ र भक्तपुरमा ६३ जनासहित देशभर ४५९ महिला र ८९७ जना पुरुष संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६६ हजार ६३२ पुगेको छ ।

यस्तै बितेको २४ घण्टामा थप ८२३ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ४८ हजार ६१ पुगेको छ । पछिल्लो एक सातादेखि संक्रमणमुक्त हुनेको संख्या बढीरहेको छ । यो कुल संक्रमितको ७२ प्रतिशत हो ।

यसैबीच हालको अवस्थामा उपचाररत संक्रमितको संख्या १८ हजार १४२ रहेको मन्त्रालयले जनाएको छ । तिमध्ये होम आईसोलेसनमा ८ हजार ९४९ जना र संस्थागत आईसोलेसनमा ९ हजार १९३ जना छन् । तिमध्ये २२३ जना संक्रमितको आईसियु र ३७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाईनमा ७ हजार १७१ जना रहेका छन् ।

यस्तै काठमाडौंसहित, मोरङ, रुपन्देही, सिरहा, मकवानपुर, ललितपुर, भक्तपुर,चितवन गरि ८ वटा जिल्लामा ५ सय बढी संक्रमित रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले बताएका छन् ।

कोरोना भाईरस संक्रमणका कारण नेपालमा हालसम्म ४२९ जनाको मृत्यु भएको छ । बितेको २४ घण्टामा मात्रै २ जनाले ज्यान गुमाएका छन् ।

हिजो (सोमवार) नेपालमा १ हजार १५४ जनामा संक्रमण पुष्टि भएको थियो । १ हजार ५ जना संक्रमणमुक्त भएका थिए भने १६ जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?