नेपालमा थप ८ सय २३ जना कोरोना संक्रमण मुक्त

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा थप ८ सय २३ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ४८ हजार ६१ रहेको छ ।

कुल संक्रमित मध्ये ७२ प्रतिशत संक्रमित कोरोना संक्रमण मुक्त भएका स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।

बितेको २४ घण्टामा नेपालमा थप १ हजार ३५६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका ११ हजार १५४ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप १ हजार ३५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६६ हजार ६३२ पुगेको छ ।

यसैबीच हालको अवस्थामा उपचाररत संक्रमितको संख्या १८ हजार १४२ रहेको मन्त्रालयले जनाएको छ । तिमध्ये होम आईसोलेसनमा ८ हजार ९४९ जना र संस्थागत आईसोलेसनमा ९ हजार १९३ जना छन् । तिमध्ये २२३ जना संक्रमितको आईसियु र ३७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाईनमा ७ हजार १७१ जना रहेका छन् ।

यस्तै काठमाडौंसहित, मोरङ, रुपन्देही, सिरहा, मकवानपुर, ललितपुर, भक्तपुर,चितवन गरि ८ वटा जिल्लामा ५ सय बढी संक्रमित रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले बताएका छन् ।

डाक्टर गौतमका अनुसार सोलुखुम्बु, म्याग्दी, मुस्ताङ, डोल्पा, रसुवा, हुम्ला, मुगु र ताप्लेजुङ जिल्लामा हालको अवस्थामा संक्रमित छैनन् ।

कोरोना भाईरस संक्रमणका कारण नेपालमा हालसम्म ४२९ जनाको मृत्यु भएको छ ।

हिजो (सोमवार) नेपालमा १ हजार १५४ जनामा संक्रमण पुष्टि भएको थियो । १ हजार ५ जना संक्रमणमुक्त भएका थिए भने १६ जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?