कोरोनाबाट मृत्यु हुनेको संख्या ४२९ पुग्यो

काठमाडौं । नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ४२९ पुगेको छ । पछिल्लो २४ घण्टामा थप २ जनाको कोरोनाको कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मृत्यु भएकामध्ये १ जना पुरुष र १ जना महिला रहेका छन् । पछिल्लो समय नेपालमा कोरोना संक्रमित र मृतक संख्या बढिरहेको छ । हिजो (सोमवार) मात्र कोरोनाको कारण एकैपटक १६ जनाको मृत्यु भएको थियो भने १ हजार १ सय ५४ जनामा संक्रमण पुष्टि भएको थियो ।

त्यस्तै बितेको २४ घण्टामा नेपालमा थप १ हजार ३५६ जनामा कोरोना भाइरस ९कोभिड १९० संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका ११ हजार १५४ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप १ हजार ३५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६६ हजार ६३२ पुगेको छ ।

यस्तै बितेको २४ घण्टामा थप ८२३ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ४८ हजार ६१ पुगेको छ । पछिल्लो एक सातादेखि संक्रमणमुक्त हुनेको संख्या बढीरहेको छ । यो कुल संक्रमितको ७२ प्रतिशत हो ।

यसैबीच हालको अवस्थामा उपचाररत संक्रमितको संख्या १८ हजार १४२ रहेको मन्त्रालयले जनाएको छ । तिमध्ये होम आईसोलेसनमा ८ हजार ९४९ जना र संस्थागत आईसोलेसनमा ९ हजार १९३ जना छन् । तिमध्ये २२३ जना संक्रमितको आईसियु र ३७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाईनमा ७ हजार १७१ जना रहेका छन् ।

यस्तै काठमाडौंसहित, मोरङ, रुपन्देही, सिरहा, मकवानपुर, ललितपुर, भक्तपुर,चितवन गरि ८ वटा जिल्लामा ५ सय बढी संक्रमित रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले बताएका छन् ।

डाक्टर गौतमका अनुसार सोलुखुम्बु, म्याग्दी, मुस्ताङ, डोल्पा, रसुवा, हुम्ला, मुगु र ताप्लेजुङ जिल्लामा हालको अवस्थामा संक्रमित छैनन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?