नेपालमा कोरोना अपडेट (जिल्लागत विवरणसहित) : कहाँ कति थपिए संक्रमित र मृतक?

काठमाडौं : नेपालमा कोरोना भाइरस ‘कोभिड – १९’ बाट थप २ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा १ महिला र १ पुरुषको मृत्यु भएको हो । मृत्यु हुनेमा काठमाडौंमा ५० वर्षिय पुरुष र काभ्रेपलाञ्चोकमा ५० वर्षिया महिला रहेका छन् । नेपालमा आजसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ४९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशका विभिन्न जिल्लामा १ हजार ३ सय ५६ जना कोरोना संक्रमित थपिएका छन् । बितेको २४ घण्टामा  थप १० हजार १ सय ५४ पीसीआर परीक्षण भएकोमा महिला ४ सय ५९ र पुरुष ८ सय ९७ जनामा संक्रमण पुष्टि भएको छ ।

काठमाडौंमा ५ सय ११, ललितपुरमा ७३ र भक्तपुरमा ६३ जनामा संक्रमण देखिएको छ । आजसम्म देशभरी कुल संक्रमितको संख्या ६६ हजार ६ सय ३२ पुगेको छ ।

हाल देशभरी सक्रिय संक्रमितको संख्या १८ हजार १ सय ४२ रहेको छ । संस्थागत प्रदेश नम्बर १ मा २ सय ८६, प्रदेश नम्बर २ मा ९ सय ३५, बाग्मती प्रदेशमा ५ हजार १ सय २७ र गण्डकी प्रदेशमा ७ सय १ जना रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा १ हजार ४ सय ९५, कर्णाली प्रदेशमा २ सय ९१ र सुदूरपश्चिम प्रदेशमा ३ सय ५८ जना गरी देशभरी संस्थागत आइसोलेसनमा ९ हजार १ सय ९३ जना रहेका छन् ।

होम आइसोलेसनमा प्रदेश नम्बर १ मा १ हजार ३ सय ४१, प्रदेश नम्बर २ मा ८ सय ८४, बाग्मती प्रदेशमा ५ हजार ३ सय २० र गण्डकी प्रदेशमा २ सय ८६ जना रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा ७ सय १७, कर्णाली प्रदेशमा २ सय ७ र सुदूरपश्चिम प्रदेशमा १ सय ९४ गरी देशभरी होम आइसोलेसनमा ८ हजार ९ सय ४९ जना संक्रमित उपचाररत रहेका छन् ।

आज आइसियुमा देशभरी २ सय २३ जना र भेन्टिलेटरमा ३७ जना संक्रमितको उपचार भइरहेको छ ।

बितेको २४ घण्टामा ८ सय २३ जना संक्रमणमुक्त भएका छन् । आजसम्म प्रदेश नम्बर १ मा ४ हजार ३ सय ५७, प्रदेश नम्बर २ मा १२ हजार ४ सय ७६, बाग्मती प्रदेशमा ११ हजार ८ सय ५४ र गण्डकी प्रदेशमा २ हजार ८ सय १९ जना रहेका डिस्चार्ज भएका छन् । यस्तै प्रदेश नम्बर ५ मा ७ हजार ४ सय ६६, कर्णाली प्रदेशमा २ हजार ७ सय ४९ र सुदूरपश्चिम प्रदेशमा ६ हजार २ सय ४० गरी देशभरी ४८ हजार ६१ जना संक्रमित डिस्चार्ज भएका छन् ।

यस्तै काठमाडौंसहित, मोरङ, रुपन्देही, सिरहा, मकवानपुर, ललितपुर, भक्तपुर,चितवन गरि ८ वटा जिल्लामा ५ सय बढी संक्रमित हालको अवस्थामा उपचाररत रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले बताएका छन् ।

डाक्टर गौतमका अनुसार सोलुखुम्बु, म्याग्दी, मुस्ताङ, डोल्पा, रसुवा, हुम्ला, मुगु र ताप्लेजुङ जिल्लामा हालको अवस्थामा संक्रमित छैनन् ।

कोरोना भाईरस संक्रमणका कारण नेपालमा हालसम्म ४२७ जनाको मृत्यु भएको छ ।

हिजो (सोमवार) नेपालमा १ हजार १५४ जनामा संक्रमण पुष्टि भएको थियो । १ हजार ५ जना संक्रमणमुक्त भएका थिए भने १६ जनाको मृत्यु भएको थियो ।

स्वास्थ्य मन्त्रालयको यो विवरण हेर्नुहोस् : कहाँ कति थपिए संक्रमित र मृतक ? 

No photo description available.

No photo description available.

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?