सचिवालय बैठकपछि नेकपा प्रवक्तालाई प्रश्न : कुलमानको विषयमा के निर्णय भयो ?

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आजको बैठकमा पार्टी एकताका बाँकी काम सक्ने गरि १० दिन भित्र अध्यक्ष र महासचिवले प्रस्ताव ल्याउने र त्यसपछि सचिवालयले निर्णय गर्ने विषयमा छलफल भएको छ ।

लामो समयदेखि रिक्त संवैधानिक परिषद् पदमा नियुक्ति गर्न प्रकिया थाल्न, परिषद्को बैठक छिटो राख्न प्रधानमन्त्रीलाई आग्रह गरिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । त्यस्तै अन्य बाँकी रहेका विविध एजेन्डामा २/ ३ दिन भित्र बैठक बसेर छलफल र निर्णय गर्ने पनि उनले बताए ।

त्यस्तै पार्टीका उपााध्यक्ष समेत रहेका राष्ट्रिय सभा सदस्य वामदेव गौतमविरुद्ध परेका रिट र कुलमानका नियुक्तिबारे छलफल नभएको पनि उनले जानकारी दिए।“वामदेवको रिटबारे सरकारलाई जानकारी आएको छैन ।” उनले भने ।

यसैबीच पत्रकारले अर्को प्रश्न गर्छन् – ‘कुलमान बारे के कुरा भयो ?’
उनले जवाफ दिए-  ‘कुलमानबारे कुनै कुरा भएको छैन ।’

उनले प्रष्ट्याए, “संवैधानिक व्यवस्था अन्तर्गत विभिन्न संवैधानिक निकायहरुको पदपूर्तिका बारेमा संवैधानिक परिषद्ले छिटो बैठक गरेर त्यससम्बन्धि निर्णय दिनुपर्ने आवश्यकताका सन्दर्भमा प्रधानमन्त्रीलाई छिटो संवैधानिक परिषद्को बैठक राखेर पदपूर्तिका लागि आवश्यक निर्णय लिन पहल गर्न बैठकले अनुरोध गरेको छ ।साथै संवैधानिक परिषद्को बैठकमा जुझारु रुपले सञ्चालन गर्न र संवैधानिक निकायका पदपूर्तिका सम्बन्धमा निर्णय दिने प्रक्रियामा  सम्बन्धित अगाडी बढ्न सम्बन्धित सबैलाई अनुरोध गरको छ ।

उनले थपे, दोस्रो :  सांगठनिक एकिकरणका बाँकी कामहरु पूरा गर्ने सम्बन्धमा १० दिनभित्र अध्यक्षद्वय र महासचिवले ठोस प्रस्ताव सचिवालयमा प्रस्तुत गर्ने र त्यसका आधारमा छलफल गरेर टुंगो लगाउने ।

तेस्रो  : विविध कार्यसूची अन्र्तगत रहेका अन्य कार्यसूचीलाई २/ ३ दिन भित्रै बैठक बसेर छलफल गरी टुंगो लगाउने विषयमा निष्कर्ष बैठक भएको छ ।

उनका अनुसार “स्थायी कमिटीको बैठकको निर्णयलाई कार्यान्वयनमा लैजाने सन्दर्भमा सौहार्दपूर्ण छलफल सहित समापन भएको छ । पार्टीको एकता समझदारी र विश्वासलाई सुदृढ गर्ने पार्टी र सरकारको सम्बन्धलाई मजबुत बनाउने , सरकारको कामलाई प्रभावकारी ढंगले अघि बढाई सरकारको विश्वसनियता अझ बढाई सरकारलाई अझ सफल बनाउने विषयमा छलफल भयो । “

यसअघि आइतवार पेरिसडाँडामा सचिवालय बैठक बसेको थियो । बैठकले विभिन्न ४ निर्णयहरु गरेको थियो । सोमवार बैठक पुनः बस्ने भनिएपनि विविध कारणले आजको लागि सारिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?