नेकपा सचिवालय : १० दिन भित्र अध्यक्ष र महासचिवले प्रस्ताव ल्याउने निर्णय

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सकिएको छ ।

आजको बैठकले पार्टी एकताका बाँकी काम सक्ने गरि १० दिन भित्र अध्यक्ष र महासचिवले प्रस्ताव ल्याउने र त्यसपछि सचिवालयले निर्णय गर्ने गरेको छ ।

लामो समयदेखि रिक्त संवैधानिक परिषद् पदमा नियुक्ति गर्न प्रकिया थाल्न, परिषद्को बैठक छिटो राख्न प्रधानमन्त्रीलाई आग्रह गरिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

त्यस्तै अन्य बाँकी रहेका विविध एजेन्डामा २/३ दिन भित्र बैठक बसेर छलफल र निर्णय गर्ने पनि उनले बताए ।

त्यस्तै पार्टीका उपााध्यक्ष समेत रहेका राष्ट्रिय सभा सदस्य वामदेव गौतमविरुद्ध परेका रिट र कुलमानका नियुक्तिबारे छलफल नभएको पनि उनले जानकारी दिए।

“वामदेवको रिटबारे सरकारलाई जानकारी आएको छैन् ।” उनले भने ।

यसअघि आइतवार पेरिसडाँडामा सचिवालय बैठक बसेको थियो । बैठकले विभिन्न ४ निर्णयहरु गरेको थियो । सोमवार बैठक पुनः बस्ने भनिएपनि विविध कारणले आजको लागि सारिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?