नेकपा सचिवालय बैठक सकियो : के भयो निर्णय ? 

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएको छ । बैठकबाट बाहिरीएपछि पत्रकारहरुलाई जानकारी गराउँदै सचिवालय सदस्य एवम् पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आजको बैठकमा गत (आइतबार) पेरिसडाँडामा बसेर निर्धारण गरेका कार्यसूचीमा छलफल भएको बताए ।

श्रेष्ठका अनुसार संवैधानिक व्यवस्था अन्तर्गत विभिन्न संवैधानिक निकायहरुको पदपूर्तिका बारेमा संवैधानिक परिषद्ले छिटो बैठक गरेर त्यससम्बन्धि निर्णय दिनुपर्ने आवश्यकताका सन्दर्भमा प्रधानमन्त्रीलाई छिटो संवैधानिक परिषद्को बैठक राखेर पदपूर्तिका लागि आवश्यक निर्णय लिन पहल गर्न बैठकले अनुरोध गरेको छ ।

साथै संवैधानिक परिषद्को बैठकमा जुझारु रुपले सञ्चालन गर्न र संवैधानिक निकायका पदपूर्तिका सम्बन्धमा निर्णय दिने प्रक्रियामा  सम्बन्धित अगाडी बढ्न सम्बन्धित सबैलाई अनुरोध गरको छ ।

उनले भने, दोस्रो : सांगठनिक एकिकरणका बाँकी कामहरु पूरा गर्ने सम्बन्धमा १० दिनभित्र अध्यक्षद्वय र महासचिवले ठोस प्रस्ताव सचिवालयमा प्रस्तुत गर्ने र त्यसका आधारमा छलफल गरेर टुंगो लगाउने ।

तेस्रो  : विविध कार्यसूची अन्र्तगत रहेका अन्य कार्यसूचीलाई २/ ३ दिन भित्रै बैठक बसेर छलफल गरी टुंगो लगाउने विषयमा निष्कर्ष बैठक भएको छ ।

उनले थपे, “स्थायी कमिटीको बैठकको निर्णयलाई कार्यान्वयनमा लैजाने  सन्दर्भमा सौहार्दपूर्ण छलफल सहित समापन भएको छ । पार्टीको एकता समझदारी र विश्वासलाई सुदृढ गर्ने  पार्टी र सरकारको सम्बन्धलाई मजबुत बनाउने , सरकारको कामलाई प्रभावकारी ढंगले अघि बढाई सरकारको विश्वसनियता अझ बढाई सरकारलाई अझ सफल बनाउने विषयमा छलफल भयो । “

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?