प्रदेश २ को संसद बैठक स्थगित

जनकपुर, २७ फागुन । २ नं. प्रदेशको आज बस्ने भनिएको प्रदेशसभा बैठक स्थगित भएको छ । दिउँसो १ बजेको लागि तय गरिएको बैठक सूचना टाँसेर स्थगित गरिएको थियो ।आज बस्ने भनिएको प्रदेशसभा बैठकमा आर्थिक कार्यविधि विधेयक माथी केन्द्रित रहि छलफल गर्ने तयारी गरिएको थियो । तर, विधेयक दर्ता हुन नसकेकाले आइतबारको बैठक स्थगित गरि चैत ६ गतेको लागि तय गरिएको प्रदेश सभिवालयले जनाएको छ ।आगामी बैठकमा प्रदेशसभा नियमावली सम्बन्धी विधेयक र आर्थिक कार्यविधि विधेयकलाई संसदमा प्रवेश गराउने तयारी भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?