कोरोना कालमा भारतका अस्पतालमा अक्सिजनको कालोबजारी

काठमाडौं । कोरोनाको प्रकोप बढ्दै गईरहेका बेला भारतमा अक्सिजनमा कालोबजारी पनि बढ्दै गईरहेको छ ।

भारतको देहरादूनमा अक्सिजनको माग बढेसँगै यसको मूल्य करिव डेढ गुणा बढेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

जसका कारण अक्सिजनको संकट बढेको हो । बितेको १५ दिनमा कोरोना संक्रमितको आँकडा भारतमा तीव्र गतिले बढेसँगै संक्रमितको लागि अक्सिजनको माग पनि बढ्दै गउको थियो ।

पहिला ५० देखि ७० जना संक्रमितलाई अक्सिजन दिन परे पनि अहिले त्यो संख्या बढेर ४०० भन्दा माथि पुगेको छ । अस्पतालमा डबल मूल्य हालेर अक्सिनको ब्यापार भईरहेको बताइएको छ ।

सानो सिलिण्डरको मूल्य भारतीय २०० रुपैयाँ भएपनि अहिले बढेर ३५० पुगेको हो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?