तीन घटना : दुईजना पुरुष घर छेउको खेतमा मृत फेला, ३ वर्षीय बालक सिक्रेखोलामा मृत भेटिए

काठमाडौं – कञ्‍चनपुर र कैलालीमा दुईजना पुरुष मृत अवस्थामा फेला परेका छन् ।

कञ्‍चनपुरको भीमदत्त नगरपालिका- ७, हल्दुखाल दुर्गा टोलका ४४ वर्षीय डम्मर चन्द आफ्नै घरभन्दा ५ सय मिटर टाढा खेतमा मृत अवस्थामा फेला परेका हुन्।

यस्तै कैलालीको गोदावरी नगरपालिका ६ का ५८ वर्षीय धनबहादुर ऐर घरबाट १५० मिटर टाढा धान खेतमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार धादिङको धुनिबेसी नगरपालिका ९, सिक्रेखोलाका राजकुमार रानाभाटको छोरा ३ वर्षीय अनुराज रानाभाट सिक्रेखोलामा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।(सांकेतिक तस्वीर )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?