कोही नहुनेको ‘कान्ति र ट्रमा’ छ !

काठमाडौं – कान्ति बाल अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरले गरिब तथा विपन्नको प्रारम्भिक आकस्मिक उपचार सेवा नि:शुल्क गर्ने भएको छ ।

आज मंगलबार एक सूचना जारी गर्दै अस्पतालले सरकारको नीति तथा कार्यक्रममा उल्लेख भए बमोजिम गरिब, विपन्न तथा साथमा कोही नभएका बिरामीका लागि प्रारम्भिक आकस्मिक सेवा निशुल्क गरिएको जनाएको हो ।

यो सेवा हाल जन्मेदेखि १४ वर्ष उमेर समूहका बालबालिकाको हकमा लागू हुने भए पनि यसलाई बढाएर १८ वर्षसम्म बनाउने लक्ष्य छ ।

राष्ट्रिय ट्रमा सेन्टरले असोज १ गतेदेखि नै विपन्नका लागि आकस्मिक निशुल्क सेवा शुरु गरेको हो ।

यो सेवाको लागि अस्पतालको सामाजिक सुरक्षा इकाइमा सम्पर्क गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?