आधिकारी ट्रेड युनियनको निर्वाचन रोक्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन रोकिने भएको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले आधिकारीक ट्रेड युनियनको निर्वाचन रोक्ने निर्णय गरेको हो ।

यसअघि आगामी असोज २४ गतेका लागि निर्वाचनको मिति तय गरिएको थियो । आज बसेको बैठकले निर्वाचन रोक्ने निर्णय गरेको स्रोतले जनाएको छ ।

कोरोना भाइरसको महामारीको समयमा निर्वाचन गर्न उपयुक्त नहुने भन्दै प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले निर्वाचन स्थगित गर्न माग गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?