जानकी मन्दिर खुल्ला भएसँगै दर्शनार्थीको चहलपहल बढ्दो

काठमाडौं । कोरोना भाइरसका कारण भएको लकडाउन र निषेधाज्ञाका कारण लामो समय देखी बन्द रहेको जनकपुरधामस्थित जानकी मन्दिर खुल्ला गरिएको छ ।
केन्द्र, प्रदेश सरकारका कुनै पनि निकायले मन्दिर खोल्ने निर्णय नगरे पनि महन्तहरुले नै मन्दिर खुला गरेका हुन् ।

मन्दिर खुल्ला भएसँगै मन्दिरमा मानिसको चहलपहल बढेको छ । दैनिक ३ देखी ४ सय दर्शनार्थी मन्दिरमा आउने गरेका र उनीहरुलाई सामाजीक दुरी दूरी कायम गरी पूजापाठ गर्न दिइएको मन्दिरका उत्तराधिकारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?