७ चैत्र २०७९, मंगलवार

सरकार र चिकित्सकबीचको द्वन्द्वले मारमा बिरामी

२०७४,आश्विन,१०,मंगलवार ०१:१०

0
Shares

काठमाडौँ, १० असोज- सरकार र चिकित्सकबीचको टकरावले मुलुकभरका बिरामी मर्कामा परेका छन् । चिकित्सकहरू शुक्रबारदेखि आकस्मिकबाहेकका सेवा बन्द गरेर आन्दोलनमा छन् ।सरकार र चिकित्सकबीच सोमबार वार्ता भए पनि कुनै निष्कर्षमा पुगेन । स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेल, स्वास्थ्य सचिव डा.किरण रेग्मी र चिकित्सक संघका अध्यक्ष डा.मुक्तिराम श्रेष्ठलगायत पदाधिकारीबीच सोमबार करिब दुई घण्टा वार्ता भए पनि टुंगोमा पुग्न सकेन । सरकारी पक्षसँगको वार्ता विफल भएको र आन्दोलन जारी रहेको डा.श्रेष्ठले बताए, कान्तिपुरमा खबर छ ।‘हाम्रा मागमा स्वास्थ्य मन्त्रीले लिखित प्रतिबद्घता दिन नसक्ने भनेपछि हामीले बाध्य भएर आन्दोलन जारी राख्नुपरेको हो,’ चिकित्सक संघका महासचिव डा.लोचन कार्कीले भने, ‘असल नियतले उपचार गर्दा पनि बिरामीको मृत्यु भए लाखौं तिर्नुपर्ने, कुटाइ खानुपर्ने अवस्था नहटेसम्म काममा फर्क भनेर कसरी भन्नु ?’चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भए सम्बन्धित चिकित्सकबाटै क्षतिपूर्ति भराउने गरी कानुन बनाउन निर्देशन दिने सरकारी निर्णयप्रति विरोध जनाउँदै उनीहरूले सेवा बन्द गरेका हुन् ।  

प्रकाशित मिति: २०७४,आश्विन,१०,मंगलवार ०१:१०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

घोडेजात्रा एउटा अत्यन्तै पुरानो जात्राका रुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । प्रत्येक वर्ष चैत्र कृष्णपक्ष औँसीका

संस्कृतिका दृष्टिले वैभवपूर्ण काठमाडौं उपत्यका मन्दिरै–मन्दिर र जात्रै–जात्राको सहर हो । हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकाका नेवार

काठमाडाैं । मुलुकले सङ्घीय गणतन्त्रात्मक व्यवस्थाको अभ्यास गर्न थालेको सात वर्ष पूरा भएको छ । संविधानले सङ्घ, प्रदेश र स्थानीय

काठमाडौं । गोंगबुस्थित नयाँ बसपार्क सञ्चालनको जिम्मा पाएको ल्होत्से बहुउद्धेश्यीय प्रा.लिले काठमाडौं महानगरपालिका (कामनपा)लाई तिर्नुपर्ने रोयल्टी (दस्तुर) नतिरेको पाइएको छ

ताजा समाचार

पटारमा ‘एक घर, एक धारा’
 २०७९,चैत्र,७,मंगलवार १२:३८
सराङघाट ‘सबस्टेशन’ सञ्चालनमा
 २०७९,चैत्र,७,मंगलवार १२:३०