टीभीएसले सार्वजनिक गर्‍यो दशैँ योजना

काठमाडौं । टीभीएस टु-ह्‌विलर्सको नेपालको लागि एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले उपभोक्ता दशैँ विशेष योजना सार्वजनिक गरेको छ ।

ग्राहकहरुलाई नगद तथा अन्य पुरस्कार जित्न सक्नेगरी कम्पनीले ‘टीभीएस दसैंको आशा’ नामक योजना सुरु गरेको हो ।

उक्त योजनाअन्तर्गत ग्राहकहरुले कम्पनीका कुनै पनि मोटरसाइकलको खरिदमा नगद छुटका रूपमा ९ हजार र स्कुटरमा ७ हजार वा शून्य प्रतिशत ब्याजदरमा खरिद गर्ने सुविधा छान्‍न सकिने कम्पनीले जनएको छ ।

कम्पनीका अनुसार दशैँ योजना अन्तर्गत विभिन्न बम्पर उपहारका योजनाहरु समेत रहेका छन् । जस अन्तर्गत हरेक साता एकजनाले आरआर ३१० मोटरसाइकल जित्ने अवसर पाउनेछन् ।

साथै बम्पर उपहार योजनामा भाग टीभीएस खरिद नगर्नेले पनि भाग लिन पाउने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?