यी हुन् विश्वकै वृद्ध महिला, गिनिज वर्ल्ड रेकर्डमा दर्ता भयो नाम

काठमाडौं । गिनिज बुक अफ रेकर्डस्ले केन तनाकालाई संसारको सबैभन्दा लामो समय बाँचेको व्यक्तिको रुपमा मान्यता दिएको छ । तर हालै मात्र सुपर सेन्ट्रियनले एक अर्को रेकर्ड तोडेकी छन् ।

117 साल की महिला

उनी जापानकी सबैभन्दा लामो समय जीवित रहेकी महिला बनेकी छन् । केन तनाका शनिवार ११७ वर्ष र २६१ दिनकी भएकी छन् ।

117 साल की  महिला

पछिल्लो रेकर्ड एक अन्य जापानी महिला नबी ताजिमाको नाममा थियो । जसको मृत्यु २०१८ मा ११७ वर्ष २६० दिनको आयुमा भएको थियो ।

117 साल की  महिला

केन तनाका भने दक्षिण पश्चिमी शहर फुकुओकामा एक नर्सिङ होममा बस्छिन् । चकलेट खान मन पराउने उनीको जन्म २ जनवरी सन् १९०३ मा फुकुओका शहरको पूवी भाग वजीरोमा भएको थियो ।

117 साल की महिला

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?