गुल्मी घटनाका दोषीलाई कारबाही गर्न कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलले गुल्मी घटनाको छानबिन गरी दोषीलाई कानूनी कारबाहीको दायरामा ल्याउन माग गरेको छ ।

कांग्रेस संसदीय दलले आज (मंगलबार) एक प्रेस विज्ञप्ति जारी गर्दै गुल्मी घटनाको छानबिन गर्नुपर्ने र दोषीलाई कानूनी कारबाहीको दायरामा ल्याउनुपर्ने माग गरेको हो ।

जिल्ला प्रशासन कार्यालय गुल्मीमा ज्ञापनपत्र बुझाउन गएको कांग्रेसको टोलीमाथि प्रहरीले हिजो सोमबार धक्का मुक्का गर्दा जिल्ला सभापति भुवन श्रेष्ठलगायत नेताहरु घाइते भएको घटनामा घटनाको छानबिन गरी दोषीलाई कानूनी कारबाहीको दायरामा ल्याउन कांग्रेसले माग गरेको हो ।

विज्ञप्तीमा “गुल्मी घटनाको छानबिन गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गर्दै ज्ञापनपत्रमा उल्लेखित विषय सम्बोधन गर्न र गम्भीर बन्‍न सम्माननीय प्रधानमन्त्री र माननीय गृहमन्त्रीको समेत ध्यानाकर्षण गराउन चाहन्छौं, साथै आमनागरिकलाई सरकारको प्रत्याभूति दिलाउन, लोकतान्त्रिक कार्यको समर्थन र संविधानको पूर्ण पालना गर्न नेपाली कांग्रेस संसदीय दल सचेत गर्दछ ।” भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?