आज सुनको मूल्य घट्यो , एक महिनायताकै सस्तो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य एक महिनायताकै सबैभन्दा सस्तो भएको छ । आज मंगलबार एकैदिन १ हजार ७ रुपैयाँले सस्तिएर छापावाल सुन तोलाको ९५ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो (सोमबार) छापावाल सुन ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजाबी सुन पनि प्रतितोला १७ सय रुपैयाँले सस्तिएर ९५ हजार रुपैयाँ कायम भएको छ ।

यस्तै आज (मंगलबार) चाँदी पनि तोलाको ९० रुपैयाँ सस्तो भएको छ । चाँदी प्रतितोला १२ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?