काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ ।
हिजो (सोमबार) का लागि बोलाईएको बैठक तयारी नपुगेको भन्दै स्थगित गरी आज दिउँसो साढे १२ बजेका लागि बोलाईएको हो ।
आजको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।
यसअघि आईतबार तत्कालिन माओवादी केन्द्रको पार्टी कार्यालय कोटेश्वरस्थित पेरिसडाँडामा पहिलोपटक बसेको बैठकले विभिन्न ४ वटा निर्णय गरेको छ । आजको बैठकमा तिनै विषयमा छलफल हुनेछ ।
नेकपा सचिवालय सदस्य तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएको जानकारी अनुसार दुई अध्यक्षबीच स्पष्ट कार्यविभाजन भएपछिको सचिवालयको पहिलो बैठकमा यसअघि बालुवाटारमा बसेको गत भदौ २६ गतेको स्थायी कमिटी बैठकले गरेका निर्णयहरु कार्यान्वयन पक्ष, केन्द्रीय तथा प्रदेशस्तरीय मन्त्रिपरिषद्को पुनर्गठन, पार्टी र सरकारका कामकारवाही लगायतका विषयमा छलफल भएर ४ वटा विषयमा घनिभूत छलफल गरेर अघि बढ्ने निर्णय गरेको थियो ।
बैठकले मन्त्रिपरिषद्को पुनर्गठनबारे स्थायी कमिटी बैठकको निर्णयअनुसार नै गर्ने निर्णय गरेको थियो । यसका लागि सचिवालयले मन्त्रिपरिषद् पुनर्गठनको मापदण्डबारे विभिन्न कोणबाट सुझाव दिएको छ ।
यस्तै संवैधानिक राजनीतिक नियुक्तिका बारेमा सरकारलाई निर्णयका लागि आधार तयार गर्न आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया