काठमाडौं । युवा देवदत्त पडिक्कल र अनुभवी एबी डिभिलियर्सको अर्धशतकमा युजवेन्द्र चहलको उत्कृष्ट बलिङले आईपीएलको १३ सीजनको तेश्रो खेलमा रोयल्स च्यालेन्जर्स ब्यांग्लोरले सनराइजर्स हैदराबादलाई १० रनले पराजित गरेको छ ।
ब्यांग्लोरले निर्धारित २० ओभरमा दिएको १६४ रनको लक्ष्य पछ्याएको हैदराबादले १९.४ ओभरमा अल आउट हुँदै १५३ रन मात्र बनाउन सक्यो ।
१२१ रनमा मात्र दुई विकेट गुमाएको हैलरावादले बाँकी आठ विकेट २६ बलमा ३२ जोड्दा गुमाएको थियो । चहलले ४ ओभरमा १८ रन दिएर ३ विकेट लिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया