मोबाइलबाटै विप्रेषण पठाउन सकिने व्यवस्था कार्यान्वयनमा

वैदेशिक रोजगारीमा रहेका नेपालीले मोबाइलबाटै आफूले कमाएको रकम आफन्तलाई पठाउन सक्ने व्यवस्था कार्यान्वयनमा आएको छ ।
नेपाल राष्ट्र बैंकले मोबाइल मार्फत नै आफूले कमाएको पैसा पठाउन सक्ने व्यवस्था गरेको छ । यस्तो व्यवस्था पछि अब पैसा हराउने र समयमा प्राप्त नहुने जस्ता समस्याको समाधान हुने भएको छ ।

केन्द्रीय बैंकले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, इलेक्ट्रोनिक कार्ड र डिजिटल वालेटमार्फत् रेमिट्यान्स पठाउन मिल्ने नयाँ व्यवस्था गरेको छ । विद्यमान व्यवस्था अनुसार विप्रेषण रकम बैंकिङ प्रणाली वा विप्रेषण सेवा प्रदायक कम्पनीले मात्रै पठाउँदै आएका थिए । नयाँ व्यवस्था पछि मोबाइलबाटै सहज रुपमा पैसा पठाउन सकिने भएको हो ।

राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले आज एक परिपत्र मार्फत विदेशमा रहेका नेपालीले विद्युतीय माध्यमबाटै नेपालमा पैसा पठाउन सक्ने व्यवस्था गरेको हो ।
बैंकका अनुसार त्यसका लागि नेपालका बैंक तथा वित्तीय संस्था एवम् विप्रेषण सेवा प्रदायक कम्पनीले विदेशमा काम गरिरहेका नेपाली कार्यरत रहेका देशमा सञ्चालनमा रहेका विद्युतीय भुक्तानी गर्ने संस्थासँग भने आवद्ध हुनुपर्ने व्यवस्था गरिएको छ । गोरखापत्रमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?