कोरोना कहर : सोमवार भारतमा ३१ अगस्ट यताकै कम संक्रमित

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।

कोरोना भाइरसका कारण अहिलेसम्म विश्वमा ९ लाख ६९ हजार २९० जनाको मृत्यु भएको छ भने ३ करोड १४ लाख ८० हजार ५१७ जनालाई कोरोना संक्रमण भएको छ ।

त्यस्तै २ करोड ३१ लाख ९ हजार ५९२ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ६१ हजार ८०८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच भारतमा कोरोना भाइरसका कारण अहिलेसम्म ८८ हजार ९६५ जनाको मृत्यु भएको छ भने ५५ लाख ६० हजार १०५ जनालाई कोरोना संक्रमण भएको छ ।

त्यस्तै ४४ लाख ९४ हजार ७२० जना संक्रमण मुक्त भएका छन् भने ९ लाख ७६ हजार ४२० जना उपचाररत छन् । त्यस्तै ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

भारतमा सोमवार ७४ हजार ४९३ जनालाई संक्रमण भएको छ भने १ हजार ५६ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?