यस्तो छ अमेरिकाको पछिल्लो कोरोना अपडेट

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण यो समाचार तयार पार्दासम्म ९ लाख ६६ हजार ७ सय १० जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका ३ करोड १३ लाख ५८ हजार ८२ जनामा कोरोना संक्रमण फैलिएको छ ।

हालसम्म विश्वभरबाट २ करोड २९ लाख ३६ हजार ४ सय ४५ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६१ हजार ३ सय ९५ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

संयुक्त राज्य अमेरिकामा हालसम्म सबैभन्दा बढी कोरोना संक्रमणको असर देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा २ लाख ४ हजार २ सय ३२ जनाको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा १२ हजार ९ सय ९० जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ७० लाख १७ हजार ७ सय ५८ पुगेको छ ।

हालसम्म ४२ लाख ६९ हजार ७ सय ६५ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १४ हजार ३१ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र १ सय १४ जनाको कोरोनाको कारण ज्यान गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?