काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘हिम चितुवा’ को उपनामले परिचित पर्वतारोही आङरिता शेर्पाको आज बिहान भएको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
उनले एक शोक वक्तव्यमार्फत १० पटकसम्म विनाअक्सिजन सगरमाथा आरोहण गरेका स्व शेर्पाको कीर्तिमान पर्वतारोहणका क्षेत्रमा सदैव स्मरणीय रहिरहने उल्लेख गरेका छन् ।
पछिल्लो पुस्ताका युवा एवं युवा पर्वतारोहीका लागि शेर्पा सदैव साहस र प्रेरणाको प्रतिमूर्ति रहेको उल्लेख गर्दै सभापति देउवाले उनीप्रति श्रद्धाञ्जलि अर्पणका सााथ शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया