आईपीएलमा हैदराबादले जित्यो टस, ब्यांगलोरले पहिला ब्याटिङ गर्दै

काठमाडौं । इण्डियन प्रिमियर लीगको १३ औँ सीजनको तेश्रो खेलमा अहिले सनराइजर्स हैदराबाद र रोयल च्यालेन्जर्स ब्यांग्लोरबीच खेल शुरु भएको छ ।

यी २ टीमबीच अहिलेसम्म भएका १४ खेलमा ६ खेलमा ब्यांग्लोर विजयी भएको छ भने ७ खेलमा हैदराबादले बाजी मारेको छ ।

त्यस्तै १ खेल टाई भएको छ । हैदराबादले टस जितेर पहिला बलिङ रोजेसँगै ब्यांग्लोरले ब्याटिङको निम्तो पाएको हो ।

हैदराबार डेभिड वार्नरको कप्तानीमा मैदान उत्रिएको छ भने ब्यांग्लोर विराट कोहोलीको कप्तानीमा मैदान उत्रिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?